डडेल्धुराबाट ३४ वर्षपछि संसदमा नयाँ अनुहार, रास्वपाका जोशी विजयी

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


डडेल्धुरा:  डडेल्धुरा जिल्लाले ३४ वर्षपछि संसदमा नयाँ अनुहार पाएको छ। २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आएका थिए।

डडेल्धुरा जिल्लालाई कांग्रेसको किल्ला मानिन्थ्यो। देउवा उम्मेदवार नबन्दा यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याउदै विजयी भएका छन।

डडेल्धुरामा जम्मा ४५ हजार ९०९ मत खसेका थिए। डा. जोशीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्तु गरे। यसैगरी नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह मालले ६ हजार ४३८ मत प्राप्त गरेका छन।

डा. जोशी २०७० सालको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भइ देउवासँग फराकिलो मतअन्तरले पराजित गरेका थियो। देउवाले २३ हजार ९२० मत प्राप्त गर्दा जोशीले सात हजार १९० मत मात्र प्राप्त गरेका थिए।

जोशी १६ हजार ७३० मतअन्तरले पराजित भएका हुन। देउवा र जोशीको गृह पालिका एउटै गन्यापधुरा हो। २०७४ सालमा भएको सुदूरपश्चिम प्रदेशसभा सदस्यमा पनि जोशी नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्लसँग झिनो मतअन्तरले पराजित हुनु भएको थियो।

एउटै गाउँका उनीहरु सुदूरपश्चिम क्षेत्र (ख) बाट उम्मेदवार बन्नु भएको थियो। मल्लले १३ हजार ४१३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५७ मत पाएर ३५६ मतले पराजित हुनु भएको थियो।

त्यसपछि जोशी नेकपा एमाले पार्टी फुट्दा माधबकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा पुग्नु भएको थियो। २०७९ सालमा भएको सुदूरपश्चिम प्रदेश सभा सदस्यको दोस्रो निर्वाचनमा समाजवादी पार्टीबाट उम्मेदवारको टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए।

कांग्रेसमा विद्रोह गरी बिपी कांग्रेस बनेका मल्लकै सहयोगमा जोशी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको