इरानमा आक्रमण : नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानको जवाफी आक्रमणका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर परेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार मात्र पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। जसमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान छन्।
सोमवार मात्र जजिराको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भयो। कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान समेत रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
सारजहाँ विमानस्थल, दुबई विमानस्थल, दोहा विमानस्थल र कतार विमानस्थलमा अहिले नियमित यात्रु उडान हुन सकेका छैनन्। विमानस्थल कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस अहिले बन्द छ।
त्रिभुवन विमानस्थलले यात्रु व्यवस्थापन सहज र प्रभावकारी बनाउन एयरलाइन्स र सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेको समेत बताएको छ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि