धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल सञ्चालनमा

Tuesday February 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : भनगढीमा केयरटेकर अस्पताल प्रालि सञ्चालनमा आएको छ।

धनगढीकाे शहीद गेट नजिकै यसअघि स्वस्तिक अस्पताल रहेकाे भवनमै केयरटेकर अस्पताल सञ्चालनमा ल्याइएकाे हाे।

मङ्गलबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै  अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले स्वास्थ्य सेवा व्यवसाय मात्रै नभई सेवा, संवेदना र समर्पणको माध्यम भएको बताए। उनले भने, “आज पनि धेरै नागरिक पैसाको अभावमा उपचारबाट वञ्चित भइरहेका छन्। सरकारी अस्पतालमा अत्यधिक भीड छ भने निजी अस्पताल महँगो छ।

यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ। यहाँ सरकारी अस्पताल सरह किफायती शुल्कमा निजीस्तरको सेवा दिनेछौँ।”

अस्पताल एक सय श्ययाको संरचनासहित सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक मोड्युलर अपरेशन थिएटर, २४ सै घण्टा इमर्जेन्सी सेवा र एम्बुलेन्स सुविधा उपलब्ध रहेको छ।

अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक–कान–घाँटी, डेन्टल केयर, फिजियोथेरापी, ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी, न्युरो सर्जरी लगायत विशेषज्ञ सेवा सञ्चालनमा रहेका छन्। साथै डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड, आधुनिक प्रयोगशाला जस्ता प्रविधि जडान गरिएको अस्पतालले जनाएको छ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले