धनगढीमा ‘मम महोत्सव’ सुरु, दुइ सय भन्दा बढी परिकारको स्वाद लिन पाइने

Friday January 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै धनगढीमा पहिलो पटक ‘मम महोत्सव’ आयोजना गरिएको छ। सिद्धार्थ कटेज धनगढीमा आयोजना हुन लागेको महोत्सवमा दुइ सय भन्दा बढी प्रकारका ममका परिकारको स्वाद लिन सकिने बताइएको छ।

नेपालमा सफलतापूर्वक विभिन्न फेस्टिभल आयोजना गर्दै आएको सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ कटेज धनगढीले नेपालीहरूको प्रिय खानाको रूपमा परिचित ममको प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरेको हो। महोत्सव शुक्रवारदेखि तीन दिनसम्म सञ्चालन हुने छ।

सिद्धार्थ कटेज केवल रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन र विलासिताको संगमस्थलका रूपमा परिचित छ। यहाँ लक्जरी रेस्टुरेन्ट, प्राइभेट डाइनिङ, शान्त पारिवारिक वातावरण, स्विमिङ पुल, वाटर फन पार्क, हल तथा सभा–समारोह, तालिम तथा उत्सवका लागि अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राखिने स्टलहरू महोत्सवका थप आकर्षण हुने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ। तेस्रो तथा अन्तिम दिन मम मेकिङ र कुकिङ कम्पिटिसन आयोजना गरिने जनाइएको छ।
सिद्धार्थ ग्रुपले देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा स्पाका गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। स्थानीय खाद्य परिकारको प्रवद्र्धन र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुन लागेको यस मम महोत्सवमा सहभागी भई विविध स्वाद, स्थानीय संस्कृति र मनोरञ्जनको आनन्द लिन आयोजकले भनेको छ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख