बझाङमा विद्यालय भवन निर्माणमा ४६ लाख भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा दायर

Thursday January 29, 2026

पढ्न लाग्ने समय :


बझाङः बझाङमा विद्यालय भवन निर्माणमा ४६ लाख बढी भ्रष्टाचार भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन अवस्थाका प्रधानाध्यापकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयको ३ तले १२ कोठे नमुना भवन निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरेको भन्दै आयोगले बुधवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षको मिलेमतोमा फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारी भुक्तानी लिएको पाइएको छ। नभएको कामलाई पनि भएको भनी देखाइएको र सामाजिक सुरक्षा कर, बहाल कर लगायतका शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम समेत विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई नोक्सानी पु¥याएको अनुसन्धानबाट खुलेको अख्तियार भनाइ छ।

मुद्दा दायर गरिएकाहरूमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्ट रहेका छन्। उनीहरूविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ।

त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद र जरिबानाको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

 


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न