धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था

Monday January 26, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको हो।

स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गरेको छ। राष्ट्र बैँक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङको व्यवस्था गरिएको हो।

उक्त सडक खण्डमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन्।

यसअघि, उक्त जमीनमा निर्माण सामाग्री राखिदै आएकोमा उपमहानगरपालिकाले सफाइ र लेबलिङ गरेको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न