आन्दोलनका मृतकहरूको सम्झना दीप प्रज्वलन

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौ, भदौ २९ गते । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा नेपाल बार एशोसिएशनले आइतबार दीप प्रज्वलन गरेको छ ।

एशोसिएशनले कार्यालय परिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेको हो । शोकसभामा वरिष्ठ उपाध्यक्ष हरिशंकर निरौलाले प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । श्रद्धाञ्जली सभापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सपनाहरू पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारलाई आवश्यक परेको सुझाव लिइ देशलाई मध्यावधीमार्फत सही दिशामा अगाडि बढ्न जरुरी रहेको बताए ।

भ्रष्टाचार गरेकाजति सबैलाई मौजुदा कानूनको अधिनमा रही कारबाही गर्न समेत उनको माग छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको