आवश्यक जनशक्ति र भरपर्दो सूचनाको कमीले भन्सारको चोरी पैठारी पूर्णरुपमा रोक्न सकिएको छैनः प्रहरी प्रमुख कुँवर

Wednesday February 5, 2025

पढ्न लाग्ने समय :


नेपाल प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरले जनशक्ति,भरपर्दो सूचनाको कमीले भन्सारमा चोरी पैठारी पूर्णरुपमा रोक्न नसकिएको बताउनु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्दै प्रहरी प्रमुख कुँवरले यस्तो बताउनुभएको हो । उहाँले भन्सार नाकामा हुने चोरी पैठारी पूर्णरुपमा रोक्नसक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले जनशक्ति कम भएकाले सबै ठाउँमा प्रहरी नभएको तथा भरपर्दो सूचनाको कमी र अस्वस्थप्रतिस्पर्धाले प्रहरीलाई खबर गरेर एकातिर पठाउने र अर्कोतिरबाट सामान भित्र्याउने काम हुने गरेको समस्या निम्त्याएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको जनशक्ति प्रयोग गरेर सरकारको चोरी पैठारी नियन्त्रण गरी राजश्व अभिवृद्धि गर्ने हकमा नेपाल प्रहरी सधैँ लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल प्रहरीले करिब ३ अर्बको अवैध रुपमा भित्रिएको सामान समाउने र बुझाउने काम गरेको बताउनु भयो । उहाँले हरेक हप्ता तराईका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीसँग तुलना गरी काम गर्ने गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामी करिव ३ अर्बको अवैध रुपमा भित्रिएको सामान समाउने र बुझाउने काम गरेका छौं । प्रहरीले यो काम गरिरहेको छ । हरेक हप्ता तराईका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीसँग तुलना गरी काम गर्ने गरिरहेका छौं । सांसदहरुले उठाएमा विषय र मुलुकको राजश्व वृद्धि गर्ने हकमा नेपाल प्रहरीले भन्सार भन्दा बाहिर हुने कारोबार रोक्नेछ । पूर्णरुपमा रोक्न सकिने रहेन्छ । सबै ठाउँमा प्रहरी छैनन् । स्रोतको कमी छ । सूचना भरपर्दो छैन । अस्वस्थ खालको प्रतिष्पर्धा भएकाले पनि प्रहरीलाई खबर गरेर एकतिर पठाउने र अर्कोतिरबाट सामान भित्र्याउने काम हुने गरेका छन् । यी कुराले समस्या ल्याएको छ । अहिलेको जनशक्ति प्रयोग गरेर राजश्व अभिवृद्धि गर्ने हकमा नेपाल प्रहरी लागेको छ ।’

सशस्त्र प्रहरी वल,नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दक्षिणतर्फ २५४ वटा बिओपी रहेको बताउनु भयो । उहाँले भारतसँगको सीमामा मानिस र सवारी साधन आवात जावात गर्नसक्ने ९२२ वटा खुला सीमाना रहेको उल्लेख गर्नुभयो । उहाँले ९२२ वटा नाका प्रायः खाली रहेको उल्लेख गर्नुभयो । उहाँले त्यो ठाउँमा सुरक्षा निकायहरुको उपस्थिति नभएको जानकारी दिनुभयो ।

हरेक नाकामा सुरक्षाको लागि जनशक्ति नभए भने प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले सीमानामा बस्ने नेपाली नागरिकलाई सुविधाहरु उपलब्ध गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्सार सिमामा बस्ने नागरिकलाई भारतीय बजारमा जाँदा १ सय रुपैयाँमा चीनि पाइन्छ भने नेपाली बजारमा १४० रुपैयाँ पर्ने भएकाले सबै भारतीय बजारमा किन्न जानेर चिनीसँगै चामल पनि ल्याउने गरेको उल्लेख गर्नुभयो । उहाँले भारतीय बजारमा जान र आउन रोक्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले नीतिगत रुपमा नै पोकामा सामान ल्याउने प्रवृत्ति रोक्न आवश्यक रहेको बताउनु भयो । सीमामा नागरिक सम्पन्न नभएसम्म सुरक्षा निकायले सूचना पाउन मुस्किल हुने उल्लेख गर्नुभयो ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि