नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी

Wednesday December 18, 2024

पढ्न लाग्ने समय :


कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् । चितवन राइनोजमाथि जित निकालेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन् । उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गरे । यसअघि ब्याटिङमा राम्रो शुरुवात चाहे पनि पाउन नसक्दा विकल्प खोजी रहँदा जयकिसन कोल्सावालालाई भित्राएको उनको भनाइ छ । अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भैरहेको पनि उनले खुलासा गरे । कोल्सावालालाई दिएको जिम्मेवारी अनुरूप उनले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ ।
कुन खेलाडीले कति रन बनायो भन्नेकुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको सोमपाल बताउँछन् । १६० रनको जति लक्ष्य बनाउने योजना बनाए पनि धेरै भन्दा आफू खुशी रहेको उनको भनाइ छ । उनले लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन की भन्ने चिन्ता रहेको बताए । तर बलरहरूले राम्रो गरेर यहाँसम्म ल्याएको र अब फाइनलसम्मको लक्ष्य देखेको उनी बताउँछन् ।


भर्खर

मदिराको नसामा शिक्षकद्वारा श्रीमतीको हत्या

डोटीमा मदिराको नशामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। घटनामा संलग्न

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्