प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफलः अध्यक्ष ढकाल

Friday December 6, 2024

पढ्न लाग्ने समय :


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । भ्रमण दलका सदस्य समेत रहनुभएका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरुलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताउनु भयो । उहाँले परम्परागत कानून परिमार्जन,वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको बताउनु भयो । क्रेडिट रेटिङ हुनु आफँैमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको दाबी गर्नुभयो । उहाँले अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो । क्रेडिट रेटिङ हुनु आफँैमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।’

अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताउनु भयो । उहाँले सडक, हवाई,रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिनुभयो ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।