देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल

Saturday November 16, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताउनु भयो । हउाँले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताउनु भयो । उहाँले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ । नयाँ समाजवादी आन्दोलनको । नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ । यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भुमिका निर्वाह गर्नुपर्छ । हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन । हामीले केही कुरा रिजर्भ राखेर, केही कुरा नोट अफ डिसेन्ट राखेर, शासकीय स्वरुपको बारेमा होस्, निर्वाचन प्रणालीको बारेमा होस्, पहिचानको मुद्दामा होस्, हामीले आफ्ना केही कुरा थाँती राखेर संविधान सभाको माइन्युटमा हाम्रो भिन्न मत दर्ता गराएका थियौँ । तर त्यतिबेला देशको आवश्यकता, हाम्रो आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकताले गर्दा केही कम्परमाइज गरेका थियौँ ।’

अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताउनु भयो ।


भर्खर

सुदूरपश्चिमका २६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य

फेरि बढायो इन्धनको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। वैशाख २ गते