सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

Monday May 13, 2024

पढ्न लाग्ने समय :


महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेका क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ ।

आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर सञ्जीव शाहले तीनवटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारिरहेका बताए । उनका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

उक्त प्रधोशन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ । ५२ करोड ४८ लाखमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणपछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गाप्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम सुरूभएको इञ्जिनियर शाहले जानकारी दिए । “रुख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भएपनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रुख कटानको काम भइरहेको छ”, उनले भने । यहाँ पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी रु ८८ करोडमा ठेक्का पाएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । यहाँ रु ३० करोड २५ लाखमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इञ्जिनियर शाहले बताए । एडिबीले सुदूरपश्चिमका चार सहरमा सडक पूर्वाधार स्तरोन्नतिसहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।

यहाँ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजनासहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन् ।

यहाँको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले फोहरमैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्रशोधन केन्द्रमा स्वास्थ्यजन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको समेत बताए ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती