रविको गगनलाई चुनौती– ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै ऋण मागेको प्रमाण गगन थापाले दिए आफुले राजनीति छाड्ने बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आफुमाथि गगन थापाले लगाएको आरोपको प्रमाण दिए आफूले राजनीति छाड्ने र प्रमाणीत गर्न नसके गगन थापाले राजनीति छाड्न चूनौति दिए। आफूमाथिको आरोप प्रमाणित भए राजनीति छाड्न तयार रहेको अवस्थामा संसदीय समिति गठन सामान्य कुरा भएको उनले बताए।

उनले मिडिया ट्रायलमा भरमा आफूमाथि कांग्रेसले एकोहोरो खेदो गरेको बताए। लामिछानेले आफूले एकपटक सदनमा बोल्न पाउनुपर्ने र सबै कुरा जनताले थाहा पाउनुपर्ने धारणा राखे।

यता नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दाबी कांग्रेसको रहेको बताए। संसदीय समितिमार्फत कांग्रेसको दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको उनले बताए। थापाले संसदीय छानबिन समितिबाट सरकार भागेको आरोप लगाए।

उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे। संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाइ छ। महामन्त्री थापाले गृहमन्त्रालयले सबै प्रमाण लुकाउने काम गरिसकेको अरोप पनि लगाए।


भर्खर

बजारमा ग्यास अभाव

भैरहवा:  बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी

शुक्लाफाँटाका ३२ किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ। वडाले चालु

धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती सुरु

धनगढीः धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती)तथा अभिभावक दिवस शुक्रवारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन