बागमती प्रदेश प्रमुखद्वारा मन्त्रिपरिषद् पुनर्गठन

Thursday August 24, 2023

पढ्न लाग्ने समय :


मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठन एर्व कार्यविभाजन गरेका छन् । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसबमोजिम मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका हुन् ।

बागमती प्रदेश सरकारमा बहादुरसिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपक्षी मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।

सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय रहेका छन् ।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख