अस्ट्रेलियालाई हराउदै स्विडेन महिला विश्वकपको तेस्रो स्थानमा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । स्विडेन जारी महिला फुटबल विश्वकपमा तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि शनिबार सम्पन्न खेलमा स्विडेनले आयोजक अस्ट्रेलियालाई २-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

स्विडेनको जितमा खेलको ३०औं मिनेटमा फ्रीडोलिना रोल्फोले पेनाल्टीमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने खेलको ६२औं मिनेटमा कोसोभारे असल्लानीले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

योसँगै स्विडेन विश्वकपमा तेस्रो भएको छ भने आयोजक अस्ट्रेलिया चौथो भएको छ ।

अब यस विश्वकपको फाइनल खेल भने आइतबार स्पेन र इङल्याण्डबीच हुदै छ ।


भर्खर

सुदूरपश्चिमका २६ प्रतिशत नागरिकको स्वास्थ्य बीमा

धनगढीः सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य

फेरि बढायो इन्धनको मूल्य

धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। वैशाख २ गते