भ्रष्टाचार मुद्दामा दोलखाका तत्कालीन सिडिओ दोषी ठहर

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले उनीमाथि एकै मितिमा दायर भएका पाँचवटा मुद्दामा कसुर कायम गर्दै सजाय सुनाएको हो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । रिजालले सेवाग्राहीसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनलाई एउटा मुद्दामा एक वर्ष कैद तथा ४ लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर हुने सजाय सुनाइएको छ। बिगोमध्ये दुई लाख उनको बैंक खातामा भेटिएकोमा जफत हुनेछ भने बाँकी दुई लाख उनले तिर्नुपर्नेछ।

यसैगरी, रिजालले यस्तै अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस लिएको भेटिएको थियो। उस्तै त्रास देखाई उनले सेवाग्राहीबाट सो रकम लिएका थिए ।

यस मुद्दामा समेत उनलाई दोषी ठहर गर्दै विशेषले ३५/३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला गरेको छ भने तीन महिना कैद सजाय तोकेको छ । त्यस्तै, उनलाई अर्को एउटा मुद्दामा ९०/९० हजार रुपैयाँ बिगो र जरिवाना तथा पाँच महिना कैद सजाय सुनाएको छ ।


भर्खर

बजारमा ग्यास अभाव

भैरहवा:  बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी

शुक्लाफाँटाका ३२ किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ। वडाले चालु

धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती सुरु

धनगढीः धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती)तथा अभिभावक दिवस शुक्रवारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन