पाकिस्तानले मनायो स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव

Monday August 14, 2023

पढ्न लाग्ने समय :


इस्लामबाद । पाकिस्तानले दृढतापूर्वक देशको सुरक्षा, समृद्धि र विकासका लागि सङ्घर्ष गर्ने र कडा परिश्रम गर्ने वाचाका साथ स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको छ ।

राष्ट्रिय वीरहरूको अथक सङ्घर्ष र देशको सुरक्षा र समृद्धिका लागि अथक प्रयास गर्ने अग्रज शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सन् १९४७ अगस्ट १४ मा ब्रिटिश औपनिवेशिक शासनविरुद्ध लामो सङ्घर्षपछि देशलाई स्वतन्त्र र सार्वभौम राज्य घोषणा गरेको दिनको सम्झनामा पाकिस्तानी जनताले हरेक वर्ष अगस्ट १४ मा स्वतन्त्रता दिवस मनाउँछन् ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तान आन्दोलनका संस्थापक पिता र जनताहरूले गरेको बलिदान स्मरण गर्दै त्यस कार्यको उच्च सम्मान व्यक्त गरेका छन् ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको