Friday December 6, 2024

पढ्न लाग्ने समय :


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताउनुभएको छ । भीष्म बाँस्तोलाद्वारा लिखित नेपाल मण्डल पुस्तकको शुक्रवार ललतिपुरमा विमोचन गर्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले विविधतापूर्ण संस्कृति र प्रकृति मुलुकको पहिचान भएको भन्दै त्यसलाई सरकारले विश्व माझ पु¥याउन सक्नु पर्ने बताउनु भयो ।

उहाँले विश्वमा मुलुकको विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनसक्दा मात्रै विश्वमा पर्यटकहरु नेपालमा आउने वातावरण बन्ने बताउनु भयो । उहाँले विश्वका मानिसहरु नेपालको संस्कृति र प्रकृति हेर्नको लागि एक पटक आउनुपर्ने बनाउन सबै लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्राकृतिक दृष्टिकोणले पनि विशिष्ट उपहार पाएको मुलुक भएको बताउनु भयो । उहाँले नेपालमा ६० मिटर होचो केचनकवलदेखि ८ हजार ८४८ मिटर उचाईमा भएको सगरमाथा रहेको बताउनु भयो । उहाँले हिमाल, पहाड,तराई र जल,जंगल,जडिबुटी लगायत विविध प्राकृतिक उपहारले सम्पन्न मुलुकलाई विश्वमा प्रचार गरी पर्यटन विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल प्राकृतिक दृष्टिकोणले पनि अत्यन्तै विशिष्ट उपहारसहित खडा भएको ६० मिटर होचो केचनकवल देखि ८ हजार ८४८ मिटर उचाईमा भएको सगरमाथा छ । हिमाल, पहाड,तराई र जल,जंगल,जडिबुटी लगायत विविध प्रकृतिक उपहारले मुलुक सम्पन्न छ । विविधता पूर्ण संस्कृति र प्राकृति मुलुकको पहिचान हो । त्यसलाई हामीले जति प्रकाशमा ल्याउनसक्यौँ त्यति नै दरिलो बनाउन सकिन्छ । विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनु पर्छ । त्यस्तो गर्न सक्यौं भने नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जीडिपीमा ठूलो योगदान गर्नसक्छौं । स्वरोजगार सिर्जना गर्नसक्छौ । त्यो बाटोबाट हामी अगाडि बढ्नुपर्छ ।’

उहाँले विश्वका मानिसहरु खुला संग्राहलयभित्र आइरहनुपर्ने वातावरण बनाउनसके नेपालको पर्यटन क्षेत्र विकास हुँदै मुलुकको जीडिपीमा ठूलो योगदान पुग्ने बताउनु भयो । उहाँले त्यसबाट मुलुकभित्रै रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ