हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय दुई जना लाभान्वित

Saturday April 27, 2024

पढ्न लाग्ने समय :


हुम्ला । जिल्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट छ सय दुई जनाले सेवा लिएका छन्।

गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट निःशुल्क सेवा दिँदै आएको छ।

पालिका मातहतका स्वास्थ्यचौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीले सेवा सेवा प्रवाह गरेका गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा उपचार सम्भव नभएका ४९ जनालाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल रिफर गरिएको शाहीले बताए।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ