हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप

Sunday April 7, 2024

पढ्न लाग्ने समय :


सिमकोट (हुम्ला) । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

गाउँपालिकाको वडा नं ५ र ६ मा सिजन फ्लुका बिरामीको अत्यधिक चाप बढेर उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकाको वडा नं ६ मा पर्ने लमही गाउँबाट फैलिएको सिजनल फ्लु रोकथामका लागि लौठी स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन भएर सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगही गाउँमा नयाँ बिरामी देखापरेको लौठी स्वास्थ्य चौकीका इन्चार्ज नवराज भण्डारीले बताए ।

स्वास्थ्य चौकीमार्फत सञ्चालन भएको शिविरमा एक सय ४९ बिरामीको उपचार गरेको उनले बताए । लमहीमा नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिएको इन्चार्ज भण्डारीले बताए । नियन्त्रणका लागि आफुहरु नियमित लागि पर्नुका साथै ओपिडीबाट सेवा दिइरहेको उनले जानकारी दिए ।

यस्तै गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्य चौकीमा केही दिनयतादेखि बिरामीको चाप बढ्दै गए पनि एक स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताए ।

श्रीनगर स्वास्थ्य चौकीमा वडा नं ५ र ६ बाट बिरामी उपचारका लागि आउने भएकाले चाप बढेको निमित्त इन्चार्ज जैसीले बताए । एक दिनमा ५० देखि ८० बिरामी उपचारका लागि आउने गरेको उनले बताए । दैनिक ठूलो सङ्ख्यामा बिरामीको स्वास्थ्य चौकीबाट उपचार भइरहेको उनको भनाइ छ ।

जैसीले भने, “अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रा छ, रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि सबै पुर्याएको छ ।” अहिले औषधिको अभाव भने नभएको उनले बताए । पालिकाभित्र रहेका अन्य स्वास्थ्य चौकीमा पनि औषधि पर्याप्त मात्रामा रहेको उनको भनाइ छ । श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई रोग अरुलाई सर्न सक्छ भनेर नियमित मास्कको प्रयोग गर्न जोड दिनुका साथै वितरणसमेत गरिएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ