हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

Sunday May 5, 2024

पढ्न लाग्ने समय :


सिमकोट। उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ ।

लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताए ।

तालिम समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष रावतको प्रमुख आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपानेलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रशिक्षार्थीलाई सिकेको सीपको उपयोग गर्न सुझाव दिएका थिए।


भर्खर

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो: कतार

दोहा। मध्यस्थकर्ता कतारले मंगलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस