सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टुंगोमा पुर्याउने बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा आयोजित सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दैै गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्याउने बताएका हुन् ।

उनले अनुसन्धानका लागि अब धेरै समय बाँकी नरहेको बताए । उनले भने,’मैले सदनमै बोलेको छु कि संगठित अपराधअन्तर्गत अभियोजनका लागि ६० दिन समय हुन्छ । २० दिन राजस्व अनुसन्धानले गुजार्यो । त्यसपछि ४० दिन बाँकी । त्यसपछि सीआईबीले लिएको हो । उसलाई ३५ दिन समय हो । अभियोजनका लागि पाँचदिन सरकारी वकिलले लगाउँछ । अब बाँकी अवधिमा सीआईबीले नै अनुसन्धान टुंग्याएर अभियोजन हुन्छ ।’

उनले अब समग्रतामा यस्ता घटनाक्रम नदोहोरियोस भन्नका लागि त्रिभुवन विमानस्थल, भन्सार कार्यालयहरू सबैलाई व्यवस्थित बनाउने सन्दर्भमा नीतिगत अध्ध्यनका लागि समिति बनाउन सकिने बताए ।

नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ । आजको सर्वदलीय बैठकमा दलहरुबीच सकारात्मक छलफल भएको बताइएको छ । सोमबार बैठक बसेर सहमतिमा पुगिने र मंगलबारदेखि सदन संचालन हुनेमा नेताहरु आशावादी देखिएका छन् । छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका