सुदूरपश्चिममा निपा भाइरस प्रवेशको जोखिम

Sunday February 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : भारतसँग सीमाना जोडिएको सुदूरपश्चिम प्रदेशमा निपा भाइरसको जोखिम रोकथामका लागि उच्च सतर्कता अपनाइएको छ। भारतका केही प्रान्तहरूमा निपा भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशका सीमावर्ती क्षेत्रमा पनि जोखिम बढेको छ।

भारतबाट आउने व्यक्तिहरूका लागि सीमा नाकामा डेस्कमार्फत नमुना सङ्कलन भइरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए। उनले भने, ‘भारतमा निपा भाइरसको सङ्क्रमण छ। भारतको पश्चिम बंगालमा देखिएको हो। सुदूरपश्चिम पनि भारतसँग जोडिएको छ। भारतबाट फलफूल पनि नेपाल आउछ। सीमा नाकाहरूमा हाम्रा स्वास्थ्यकर्महरू छन्। उहाँहरूलाई लक्ष्यण देखिए, अस्पताल पठाउन र खबर गर्न भनेका छौ। नेपाल सरकारले पनि सचेतनामूलक काम गर्दै छ।’

भारतमा घातक निपा भाइरसको सङ्क्रमण बढेकोले त्रिनगर गौरीफन्टा सीमा नाकामा हेल्थ डेस्कमार्फत भारतबाट आउने व्यक्तिमा निगरानी बढाएको छ। शंका लागेका बिरामीहरूलाई फरक ठाउँमा राख्ने तयारी गरिएको छ। स्वास्थ्य कार्यालयले प्रदेश प्रयोगशालासँगको समन्वयमा ठुला प्रयोगशालाहरूमा नमुना पठाउने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासीले बताए। उनले भने, ‘जोखिम बढेको छ। प्रदेशभरीमा सूचना पुगाएका छौ। जिल्लाहरूमा स्वास्थ्य कार्यालयहरूले काम गर्दैछन्। स्थानीय स्तरमा पनि टिम छ। हामी तयारीमा छौ। नाकाहरुमा पनि हेल्थ डेक्सहरू छन्। सचेतनामूलक कार्यहरू गरेका छौ। परिक्षणको र्यापिट पदत्ती आएको छैन। प्रयोगशाला परीक्षण मात्र छ। हामी तयारीमा छौ।’

भारतबाट आउने व्यक्तिमा ज्वरोको लक्षण देखिएमा आइसोलेसनमा राखेर नमुना सङ्कलन गरी परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ। निपा सङ्क्रमणको शँका भएका बिरामीसँग व्यक्तिगत सुरक्षाका उपायहरू नअपनाई सम्पर्क नगर्न, बिरामीको हेरचाहपछि हात साबु नपानीले राम्ररी धुन र शंका लागेमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले भने, ‘हामीसँग प्रयोगशाला छैन। प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेका छौ। हाम्रा अन्य प्रयोगशालासँग समन्वयमा छौ। काठमाडौँ नमुना पठायर परीक्षण गर्ने तयारीमा छौ।’

सङ्क्रमण फैलिएको स्थानहरू भ्रमण गरी फर्किएका व्यक्तिहरूलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न समेत निर्देशन दिइएको छ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले