संघकै गठबन्धन अनुरुप प्रदेशमा सरकार बनाउन खोजे संवैधानिक जटिलता आउँछः शेखर कोइराला

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश सरकार पटक पटक बन्नु र ढल्नु संघीयताको स्थायित्वका लागि बेठिक हुने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत कोइरालाले यसले संघीयता विरोधीको स्वरलाई मलजल गर्ने बताएका हुन् । उनले वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने बताए ।

उनले भनेका छन्, ‘निर्वाचन भएको डेढवर्षमै पटक–पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनु हुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऊँ ।’


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ