विश्व कप छनोटका लागि नेपाली फुटबल टोली घोषणा

Tuesday March 12, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । विश्वकप छनोट फुटबलमा बहराइनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेतले नयाँ अनुहारका रुपमा टोलीमा स्थान बनाउदा भरत खवासले पुनरागमन गरेका छन् ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपालले यही मार्च १५ मा मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । विश्वकप छनोट अन्तर्गत नेपालले मार्च २१ र मार्च २६ मा बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्ने छ। बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालले बहराइन कै मैदानमा खेल्न लागेको हो ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीमा गोलकिपर:  किरण चेम्जोङ, विशाल सुनार , अभिषेक बराल छन् । त्यस्तै, डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ, मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई तथा फरवार्डमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट छन् ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी