विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम

Thursday April 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडाईंलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले आज औलो दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले औलोको प्रकोप जोखिम घटे पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले मुलुकमा औलाका बिरामी कम भए पनि विदेशबाट आएकालाई परीक्षण गर्दा देखिएको गरेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ काठमाडौँमा जिल्लामा १७ जना औलाका नयाँ बिरामी देखिएको छन् । “यहाँ औलोको जोखिम छैन । तर विदेशबाट आएका मानिसले औला रोग ल्याएर आउन सक्छन्”, उनले भने, “दक्षिण अफ्रिकालगायत देशबाट आएका मानिसमा परीक्षण गराउँदा औलो देखिएको छ ।”

सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सोहीअनुसार सन् २०२३, २०२४ र २०२५ भित्रमा स्थानीय तहमा औलो बिरामीको सङ्ख्या शून्यमा झार्ने र औलोको स्थानीय सर्ने दर शून्यमा पार्ने लक्ष्य लिएको छ । सरकारले सन् १९९४ देखि औलो उन्मूलन गर्ने अभियान सञ्चालन गरे पनि अहिलेसम्म नेपाल औलोमुक्त मुलुक बन्ने सकेको छैन ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रविना कर्मचार्यले चन्द्रागिरि नगरपालिका–४ बाहेक काठमाडौँका कुनै पनि वडा औलोका जोखिम नभएको बताए । “चन्द्रागिरि नपा–४ मा एक दुई वटा औलोका बिरामी देखिएर कम जोखिम भएको छ”, उनले भने, “ती वडाको कूल जनसङ्ख्याको ५ प्रतिशत जनसङ्ख्या अलि कम जोखिममा हामीले राखेको छौँ ।”

काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १३ जना, २०७९/८० मा १७ र २०८०/८१ मा पनि १७ जनामा औलोका बिरामी देखिएको उनको भनाइ छ । यस्तै कोशी प्रदेशमा १३ जना, मधेस प्रदेशमा ७५ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा दुई सय ३३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा एक सय ७६ जनामा औलो देखिएको छ ।

औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ ।

औलो रोग सर्ने तरिका

गर्भमा रहेको बच्चामा बिरामीलाई रगत दिँदा वा रगत दान गर्ने व्यक्तिमा औलो रोग छ भने औलो बिरामीमा प्रयोग गरिएका खोप निर्मलीकरण नगरी स्वस्थ व्यक्तिमा प्रयोग गरिएमा औलो रोग सर्ने सम्भावना हुन्छ ।

औलोका लक्षण

जनस्वास्थ्य कार्यालयका प्रमुख डा सापकोटाका अनुसार लामुखुट्टेले टोकेको एक हप्तापछि औलोका लक्षण देखिन्छन् । उनका अनुसार टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, अत्यधिक जाडो हुनु, ज्वरो आउनु, बान्ता हुनु र जीउ दुख्नु यसका लक्षण हुन् ।

रोकथाम र नियन्त्रणका उपाय

लामखुट्टेको प्रजनन कम गर्ने, आयु छोट््याउने वा घनत्व कम गर्ने, मानिस र लामखुट्टेको सम्पर्कलाई कम गर्ने उपाय अपनाउनु पर्दछ । औलोविरुद्धको औषधि नरहेकाले लामखुट्टेको रोकथाम नै यसको उपचार हो ।

लामखुट्टेका लार्भा घटाउन लार्भा खाने माछा पाल्ने वा औषधि छर्कने, लार्भा मार्ने जस्तै तेल, रसायन तथा लुगा वा छालामा लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, यसबाट बच्न रातमा सुरक्षात्मक लुगा लगाउने, झुलको प्रयोग गर्ने र कीटनाशक विषादी भएको धूप प्रयोग गरेर लामखुट्टेको नियन्त्रण गर्ने तथा सधै झुल टाँगेर सुत्ने गर्नुपर्दछ ।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ