विपद् पीडितलाई सहयोग गर्न एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने

Tuesday October 1, 2024

पढ्न लाग्ने समय :


सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । मंगलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरुको पुनःस्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताउनु भयो ।

उहाँले आम नागरिकलाई साझा रुपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्नुभएको बताउनु भयो । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले भइरहेको प्राकृतिक विपत्ति जुन बाढी पहिरोका कारणले भएको क्षति छ यसकै सन्दर्भसँग जोडिएका बसेका थियौँ । सँगै सम्माननीय प्रधानमन्त्रीज्युको संयुक्त राष्ट्रसंघको भ्रमणका विषयमा पनि उहाँले जानकारी गराउनु भयो । भ्रमण जानुअघि सरकारले ल्याएको संकल्प कार्यक्रमहरु थिए, जुन साझा कार्यक्रमहरु त्यसमा पनि प्रतिवद्ध भएर अघि बढ्न भन्नुभएको छ । बाढी पीडितहरुको सन्दर्भमा पुनःस्थापना गर्ने, उहाँहरुलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्नेकुरामा साझा रुपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने । यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरुको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरु सचेततापूर्वक लाग्नेकुराको निर्देशन दिनुभएको छ ।

नेकपा एमाले दलमा आवद्ध हुनुभएका सांसदहरुको आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्न निर्देशन गरेका छौँ ।’सचेतक बरालले एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताउनु भयो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ