राष्ट्रिय सभाका विषयगत समिति सभापतिको निर्वाचन चैत ४ गते

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै अध्यष नारायण दाहालले ४ चैतमा समिति सभापतिको निर्वाचन हुने जानकारी गराए । उनले राष्ट्रिय सभा नियमावली ०७५ को नियम १५० अनुसार आगामी आइतबार विषयगत समितिका सभापतिको निर्वाचन हुने जानकारी गराए ।

अध्यक्ष दाहालले यसबारेमा सुचना प्रकाशन गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई जिम्मा पनि दिएका छन् । उनले भने, ‘मान्य सदस्यहरु राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आईतवारको दिन तोकेको छु। समिति सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु।’

यसअघि समितिका सभापति रहेका प्रकाश पन्थ र दिलकुमारी रावल थापा पार्वतीको कार्यकाल फागुन २० गते सकिएपछि उक्त समितिमा नयाँ सभापति चयन हुन लागेको हो । राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । उक्त समतिमिा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका क्रमश एक एक जना सभापति रहेका छन् ।


भर्खर

धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती सुरु

धनगढीः धनगढीको चैतन्य पाठशालाको रजत जयन्ती)तथा अभिभावक दिवस शुक्रवारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन

बैतडीको एक स्वास्थ्य चौकीका कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

धनगढीः बैतडीको पुर्चौडी हाट स्वास्थ्य चौकीमा कार्यरत दुई जना कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।

मुख्यमन्त्री शाहकाे पाँच लाख घुस प्रकरण: वन अधिकृत भट्टसँग स्पष्टीकरण माग

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग