रातो बलको क्रिकेट आईतवारदेखि मधेसमा शुरु

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्णसदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगञ्जमा शुरु भएको छ । वागमती प्रदेशले मधेस प्रदेशसँग जनकपुरमा र नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी क्लवसँग वीरगञ्जमा खेलेपछि नेपालमा फेरि दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोेगिता शुरु भएको छ । गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शिर्ष चार टोली नेपाल पुलिस, आर्मी, वागमती र मधेस प्रदेशले जय ट्रफी मेन्स इलाइट कप नामाकरण गरिएको बहुदिवसीय क्रिकेट प्रतियोगिता खेलेका हुन् । रातो बलको प्रथम श्रेणीको क्रिकेटलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली क्रिकेट संघ (क्यान) ले दुई दिवसीय फरम्याटको जय ट्रफीको शुरुवात गरेको हो ।

क्यानले यसअघि नै लिगचरण दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा सञ्चालन हुने स्पष्ट पारिसकेको छ । आईतवार शुरु भएको नयाँ फरम्याटको क्रिकेटमा नेपाली ब्याटर टिक्नै सकेनन् । चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल रहे । त्यसअघि जनकपुरधाममा शुरु भएको जय ट्रफीको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका थिए । सो अवसरमा क्यानका सचिव पारस खड्काले क्रिकेटको ऐतिहास बोकेको जनकपुरमा रातो बलको क्रिकेट फेरि शुरु गर्न पाउँदा खुशी प्राप्त भएको थियो ।

पारसले केही समयअगाडि मात्र मधेस क्षेत्रकै प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) जित्दा आफूहरू उत्साहित भएको बताए । क्यानका सचिव पारसले यसै क्षेत्रमा बहुदिवसीय क्रिकेट शुरु हुन सुखद् क्षण रहेको धारणा राखे । उनले यस मैदानमा ऐतिहासिक प्रतियोगिता शुरु भएकाले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि नेपाल सरकार र मधेस सरकारको ध्यान जाने विश्वास व्यक्त गरे । उनले आगामी दिन पनि मधेशमा धेरैभन्दा क्रिकेट प्रतियोगिता आयोजना गर्न क्यानले पहल गर्ने बताएका छन् ।

क्यानका उपाध्यक्ष रोशन सिंहले जित र हारभन्दा पनि देशमा क्रिकेटप्रति राम्रो क्रेज बढ्दै गएको बताए । साथै उनले क्रिकेट खेलमा राम्रो लगाव रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै कार्यकालमा क्रिकेट रंगशाला बन्न नसके आगामी दिनमा सहज हुने बताए ।

दुई दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्रसिंह ऐरी भने खेलेका छैनन् । रोहित र आसिफ एपिएफका खेलाडी हुन् । एपिएफ छनोट नहुँदा उनीहरू खेलबाट वञ्चित भए । दुई दिवसीयको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र आर्मी भिडेका थिए । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको पुलिस १८ रनले पछि छ । आर्मीले पहिलो इनिङमा १२१ रनमा नै अलआउट भयो । पुलिसले पनि १०३ रन जोड्दा सात विकेट गुमाइसकेको छ ।
बागमती र मधेसबीच भएको दोस्रो खेलमा पनि ब्याटरले संघर्ष नै गरे । पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको वागमती ६८ रनले पछि छ । त्यसअघि मधेस पहिलो इनिङमा १०२ रनमा नै अलआउट भएको थियो । जबाफी इनिङ शुरु गरेको वागमती १३ ओभरमा ३४÷२ को अवस्थामा छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि