राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पु¥याउन केन्द्रित हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगत्ले पनि प्रयत्न गर्नुपर्ने बताए । उनले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गरे । “सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने बताए । पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उनले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताए ।

पेसागत धर्म निर्वाह गरेर काम गर्न पत्रकारलाई सुझाव दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक विषयवस्तुलाई जनतासमक्ष ल्याउन आग्रह गरे । उनले समाज रुपान्तरणको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिए । समाजका अध्यक्ष प्रदीपराज वन्तले गोरखाको विकास निर्माणमा समाजले समन्वय र सहजीकरण गर्ने बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरेका थिए ।


भर्खर

मधेश प्रदेश सभा लोसपा संसदीय दलका नेता शर्मा निलम्बित

काठमाडौं । मधेश प्रदेश सभामा लोसपका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् ।

आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गरिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेरमात्र

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३