म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

Friday April 19, 2024

पढ्न लाग्ने समय :


उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

म्यान्माको राज्य प्रशासन परिषद्को सूचना शाखाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कचिन राज्यको मित्किना शहरमा रहेको माइतकिना कारागारमा स्थानीय समयअनुसार बिहीबार अपराह्न ४ः१० बजे केही पुरुष कैदीहरूले म्यान्माको परम्परागत नयाँ वर्षको दिन अप्रिल १७ मा आममाफीको बिषयलाई लिएर विरोध प्रदर्शनपछि दङ्गा भएको थियो ।’

कारागारका कर्मचारीहरूले शान्ति सुव्यवस्था कायम गर्ने प्रयास गरेपनि कारागारमा तनाव भएको हो ।

कैदीहरूले सुत्ने कोठाको ढोका र सिसीटिभी क्यामेरा टोडफोड गरी फुटाएपछि अपरान्ह ४ः३० बजेतिर सुरक्षाकर्मी र प्रहरीलाई कारागारमा पठाइएको र कारागारका कर्मचारीले कैदीहरूलाई शान्त पार्ने र भीडलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।

यद्यपि, कैदीहरूले कारकारका सुविधाहरूमा क्षति पुर्याउने र कारागारका कर्मचारीहरूमाथि आक्रमण गर्ने प्रयास जारी राखेपछि भएको झडपमा केही व्यक्ति हताहत भएका प्रहरी प्रशासनले बताएको छ ।

सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । साँझ ५ बजेतिर स्थिति नियन्त्रणमा आएको थियो । घाइते कैदीबन्दीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।


भर्खर

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

उलानबाटोर । मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्यो : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने