मोटरसाइकल दुर्घटनामा एक घाइते

Friday August 29, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ १३ गते

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा शुक्रबार साँझ साढे ६ बजेतिर मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन् । ६ लेन सडकमा अत्तरियाबाट धनगढीतर्फ गइरहेको सुप्रप ०२–००४ प ०७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ झलारीका ४० वर्षीय गंगाराम चौधरी घाइते भएका छन् ।

सडकमा छाडा गाईलाई जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । गंगारामको हात, छाती र खुट्टामा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ