मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

Sunday April 28, 2024

पढ्न लाग्ने समय :


बागमती । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले राससलाई जानकारी दिए । उनका अनुसार तीमध्ये हेटाँैडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ