बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

Friday April 12, 2024

पढ्न लाग्ने समय :


बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार भक्तपुरका ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका एक सय एक घरपरिवार, दोलखाका दुर्ई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपागङ्ता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको ५८ लाख ३८ हजार स्वास्थ्य बीमा वापतको भुक्तानी गरिएको सो मन्त्रालयले जनाएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ