बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । “अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,” उनले भने । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने जानकारी उनले दिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उनले बताए । काठमाडौं प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुुसीको कुरा भएको बताए ।

मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ ।


भर्खर

मधेश प्रदेश सभा लोसपा संसदीय दलका नेता शर्मा निलम्बित

काठमाडौं । मधेश प्रदेश सभामा लोसपका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा परेका छन् ।

आयोजना बैंकमा प्रविष्ट गरेर योजनाको कार्यान्वयन गरिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा विकास निर्माणसम्बन्धी योजना ‘प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली’मा प्रविष्ट गरेरमात्र

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३