बङ्गलादेशको प्राथमिक स्वास्थ्यका लागि २० करोड डलर स्वीकृत

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

“शहरी स्वास्थ्य, पोषण र जनसङ्ख्या परियोजनाले प्राथमिक स्वास्थ्य केन्द्रहरूको सञ्जाल स्थापना गर्नेछ जसले स्वास्थ्य, पोषण र जनसङ्ख्या सेवाहरूको विस्तृत दायरा प्रदान गर्दछ र दोस्रो र तृतीयक स्तरको सुविधाहरूको साथ प्रत्यक्ष ‘रेफरल’ प्रणाली प्रदान गर्दछ,” वासिङ्टनस्थित ऋणदाताले बुधबार प्रकाशित एक विज्ञप्तिमा भनेको छ । यसबाट सहरी क्षेत्रका पाँच वर्षमुनिका करिब २५ लाख बालबालिकाले सेवा पाउने छन् ।

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका देशीय निर्देशक अब्दुलाय सेकले भन्नुभयो, “बङ्गलादेशले विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति गरेको छ । सहरी क्षेत्रमा सीमित सार्वजनिक स्वास्थ्य सेवाहरू भएका कारण गरिब र सुकुम्बासी बस्तीका बासिन्दाहरू प्रायः महँगो निजी स्वास्थ्य सेवामा जानुपर्ने बाध्यता छ ।”

यसका साथै, उच्च जनघनत्व, जलवायु परिवर्तन र तीव्र शहरीकरणका कारण नयाँ स्वास्थ्य चुनौतीहरू देखा परिरहेका छन्, जसमा डेङ्गुको बढ्दो सङ्क्रमण र सङ्क्रामक तथा नसर्ने रोगहरू पनि समावेश छन् ।

यस परियोजनाले महिलाहरूको लागि प्रसवपूर्व सेवाहरूमा सुधार गर्नेछ । विज्ञप्तिमा भनिएको छ, “परियोजनाले करिब २५ लाखभन्दा बढी महिलाहरूलाई गर्भावस्थाको समयमा कम्तिमा चार पटक स्वास्थ्य परीक्षण प्राप्त गर्ने लक्ष्यको साथ, यसले उच्च रक्तचापको परीक्षण र लगभग १३ लाख वयस्कहरूको फलो–अपलाई पनि सहयोग पुर्याउनेछ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ