फागुनमा ६५ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

Monday April 1, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् ।

३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (मेनपावरमार्फत) लिएर विदेश गएका छन् । सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।

एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ३४९ प्रोफेसलन, पाँच हजार १६० जना अर्धदक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ४७ हजार ५७७ जना दक्ष र १२ हजार ४८७ जना अदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ ।


भर्खर

अर्काको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी दर्ता, २ सयभन्दा धेरै व्यक्तिबाट करिब ३ करोड ठगी

काठमाडौं । भेट्टाएको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका दुई जना पक्राउ

गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो

दमक (झापा) । पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ ।

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते

गिलगिट (पाकिस्तान) । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना