प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षका छोराको हत्या

Sunday February 4, 2024

पढ्न लाग्ने समय :


दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए ।

आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । श्रीमतीसहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ