पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १०जना घाइते

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो।

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ।सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।


भर्खर

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् ।

एमालेको अडान र कांग्रेसको चेतावनीपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।