नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन्ः सचिव मरासिनी

Monday November 18, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताउनु भयो । नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताउनु भयो । उहाँले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं । तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौं । नेपाल जस्तै अन्य मुलुकहरु आर्थिक रुपमा धेरै माथि पुगिसके । नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौं । धेरै फड्को मार्न सकेको देखिएन । आय वृद्धि नहुँदा पनि अन्य दुईवटा सूचकहरुमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौं । स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिमक विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउने चुनौति छ । त्यसको लागि आधार तयार बनाउन जरुरी छ । मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण गर्नु हो । सरकारले नलेजवेस अर्थतन्त्रलाई जोड दिनुपर्छ । सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने छ । युवाहरुलाई नयाँ इनोभेसनका लागि अवसर दिनुपर्ने छ ।’

उहाँले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताउनु भयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताउनु भयो ।


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून