धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

Friday April 26, 2024

पढ्न लाग्ने समय :


जनकपुरधाम । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।

सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा एक सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर  नगरपालिकामा  एक सय नौ, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिए ।

हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयद्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका बिरामीको सङ्ख्या बढदै गएको बताए ।

मधेश प्रदेशका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उक्त अभियानअन्र्तगत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ ।

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म  हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।

अभियानअन्तर्गत धनुषामा आठ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ  । सो कार्यालयले गत आर्थिक वर्षमा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो ।

ग्रामीण जनसङ्ख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उनले भने ।

हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने अधिकृत दासले बताए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ