त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।

गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो । यसअघि यहाँ तीन तीन महिनामा घुम्ती सेवामार्फत भिडियो एक्सरे सेवा प्रदान गरिँदै आएको थियो ।

“अबदेखि स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा प्रदान गरिने छ”, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले भने । नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै उक्त सेवा नियमित गरिएको हो । यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्न सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले उक्त सेवा प्रदान गरिरहेका छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ