डाेटीकाे बाेगटानमा बन्दुकको छर्रा लागेर एक जनाकाे मृत्यु

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


धनगढी:  डाेटीमा बन्दुककाे छर्रा लागेर एकजना युवककाे मृत्यु भएकाे छ। जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका- १ लफडाका ३० वर्षिय कलम धामीकाे बन्दुककाे छर्रा लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, डाेटीले बताएकाे छ ।

पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गरिरहेकाे अवस्थामा बुधवार साँझ सोही कोठामा राखिएको भरुवा बन्दुक पट्किएकाे र बाँया कन्चटमा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीकाे कमाण्डमा प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ। थप अनुसन्धानको लागि बिहान प्रहरी निरिक्षक नवराज रावलकाे कमाण्डमा अर्काे  प्रहरी टाेलि खटिएकाे छ।

घटनाकाे विषयमा अनुसन्धान जारी रहेकाे डाेटी प्रहरीले बताएकाे छ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ