टीकापुरमा डल्लब र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

Thursday June 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको टीकापुरमा डल्लब र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–४ ठानापुर स्थित सोही ठाउँ बस्ने ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लब र बर्दगोरिया गाउँपालिका–४ मुडा बस्ने ४० वर्षीय रुपलाल बादीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २१८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक बादीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
डल्लब र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक बादी गम्भिर घाईते भएपछि उपचारको लागि टीकापुर अस्पताल कैलाली हुँदै वयस्टर्न अस्पताल नेपालगंज, बाँके लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा गएराति मृत घोषणा गरेको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते