जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित

Thursday April 4, 2024

पढ्न लाग्ने समय :


जुम्ला । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा यहाँका स्थानीयको आँखा जाँच गरिएको हो । रिड्ले आँखा फाउण्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर नेत्रज्योति सङ्घको प्राङ्गणमा सञ्चालन भएको सङ्घका सचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।

आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए । उनका अनुसार आँखाको जाँच गरिएकामध्ये एक सय २७ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

शिविरमा डा कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा जाँच तथा शल्यक्रिया गरेको सचिव हमालले बताए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ