चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

Tuesday April 9, 2024

पढ्न लाग्ने समय :


सिन्धुपाल्चोक । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन छ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले बताए । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो ।

अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ