चिनियाँ उत्पादनमा मूल्य वृद्धि

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


बेइजिङ । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुहरूमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ वटा प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ