चिकित्सक अभावमा थन्किए उपकरण

Wednesday April 24, 2024

पढ्न लाग्ने समय :


हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ । उनले भने, “मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम प¥यो तर उनको उमेरको योग्यता नपुगेकाले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोक्यो ।”

अस्पतालको स्तरोन्नतिसँगै विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको उपकरण सञ्चालनमा ल्याउन नपाउँदा दुःख लागेको उनको भनाइ छ । हाल स्त्रीरोग विशेषज्ञ सेवाको कारण मधेस प्रदेशबाटसमेत सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको सदस्य चौलागाईंको भनाइ छ ।

यसबाहेक अस्पतालमा हाडजोर्नी, छालारोग, आईसियु, एचडियुलगायतका सेवा उपलब्ध रहेको उनले जानकारी दिए । अब मुटुरोग र सर्जनका लागि भने अस्पताल सञ्चालक समिति प्रयासरत रहेको उनको भनाइ छ ।

रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि मुटुरोगसम्वन्धी करिब एक करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४/२५ का अध्यक्ष अनिल अग्रवालले बताए । उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए । उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरे ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ