चिकित्सक अभावमा थन्किए उपकरण

Wednesday April 24, 2024

पढ्न लाग्ने समय :


हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ । उनले भने, “मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम प¥यो तर उनको उमेरको योग्यता नपुगेकाले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोक्यो ।”

अस्पतालको स्तरोन्नतिसँगै विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको उपकरण सञ्चालनमा ल्याउन नपाउँदा दुःख लागेको उनको भनाइ छ । हाल स्त्रीरोग विशेषज्ञ सेवाको कारण मधेस प्रदेशबाटसमेत सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको सदस्य चौलागाईंको भनाइ छ ।

यसबाहेक अस्पतालमा हाडजोर्नी, छालारोग, आईसियु, एचडियुलगायतका सेवा उपलब्ध रहेको उनले जानकारी दिए । अब मुटुरोग र सर्जनका लागि भने अस्पताल सञ्चालक समिति प्रयासरत रहेको उनको भनाइ छ ।

रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि मुटुरोगसम्वन्धी करिब एक करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४/२५ का अध्यक्ष अनिल अग्रवालले बताए । उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए । उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरे ।


भर्खर

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । लमही नगरपालिका–७ वनघुस्रीस्थित

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय