चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित भारतीय महिला पक्राउ

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


बनियानी (झापा) । झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेन्जिन पलडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

चाँदी लिएर चन्द्रगढी झापाबाट काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट ती महिलालाई पक्राउ गरिएको उनले बताए ।

कालो झोलामा र सुटकेस बोकेकी उनलाई जाँचका क्रममा सुटकेसभित्र कालो प्लाष्टिकको झोलामा चाँदीजस्तो देखिने दुईवटा सेतो धातुको (दुई केजी पाँच ग्राम) र कालो रङको पर्सभित्र भारु पाँच सय दरका ५७ थान नोट, आइफोन १२ प्रो म्याक्स एक थान, दुई थान नेपाली सिमकार्ड र एक थान भारतीय कम्पनीको सिमकार्ड फेला परेको थियो ।

उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाई र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ