कोल्टी विमानस्थलमा दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिएका छन् ।

सुदूरपश्चिम  र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो ।

चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।

“विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णलीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो”,उनले भने । त्यसैले ‘जुम्ला’ विमानस्थलबाहेक सुदूर र कर्णलीमा सञ्चालनमा रहेका सबै विमानस्थलमा प्राधिकरणले यो अवधिमा मात्रै उडान जोखिममुक्त हुने भएकाले वर्षायाममा विमानस्थलले आफ्नो ‘अब्जेक्सन आवर’ भित्र मात्रै उडान भर्न पाउने निर्णय गरेको थियो ।

जनगुनासो तथा पहाडी र हिमाली जिल्लाका नागरिकको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले फेरि मौसम अनुकूल भए बिहाज ६ बजेदेखि साँझ ६ बजेसम्म उडान भर्न पाउने निर्णय गरेको हो ।

प्राधिकरण कोल्टीका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन् ।

कोल्टी–नेपालगञ्ज,नेपालगञ्ज–कोल्टी,कोल्टी–धनगढी र धनगढी–कोल्टीका लागि नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले कोल्टीबाट उडान भर्दै आएका छन् ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट